भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुदूरपश्चिममा सार्वजनिक बिदा

सुदूरपश्चिममा सार्वजनिक बिदा

काठमाडौं । पश्चिम नेपालका थारू समुदायले आज अटवारी पर्व मनाउँदै छन् । एक आपसमा एकता र सम्बन्ध प्रगाढ बनाउने रूपमा लिइने अटवारी पर्व थारू समुदायमा परम्परागत रूपमा मनाइने गरिन्छ ।

भाद्र महिनाको कृष्णाष्टमी पछिको शुक्लपक्षको पहिलो आइतवारका दिन यो पर्व मनाइने गरिन्छ । थारू समुदायले आइतवारको दिनलाई अटवार नामले चिन्ने भएकाले यो पर्व आइतवार सुरु भएर सोमवारसम्म मनाउने गरिन्छ ।

यो पर्वमा विशेष गरी दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभर व्रत बसी साँझपख भीमको पूजा गर्दछन् । व्रतपछि गहुँ र चामलको पीठोबाट बनाइएका परिकार र फलफूल चढाई दिदीबहिनीको भाग छुट्याएर बचेको आफूले खाने चलन रहेको छ ।

दिदीबहिनीका लागि छुट्याइएको भागलाई अग्रासन भनिने र अग्रासन दाजुभाइले दिदीबहिनीको घरमै पुर्‍याइदिने चलन रहिआएको छ ।

अग्रासन दिएर फर्किने क्रममा दिदीबहिनीले दाजुभाइलाई मनपर्ने खानेकुरा खुवाउने चलन समेत रहेको छ। दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका चौधरी डगौरा समुदायले विशेष महत्वका साथ यो पर्व मनाउने गर्दछन् ।

 


Thali Mobile Pvt.Ltd.