भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

सुन तस्करीका अभियुक्तविरुद्ध मुद्दा दर्ता गर्दै

सुन तस्करीका अभियुक्तविरुद्ध मुद्दा दर्ता गर्दै

काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार आरोपीहरुविरुद्ध मुद्दा दर्ता गर्ने भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता गर्ने भएको हो ।

सीआइबीले पछिल्लो ११ महिनामा ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३ सय ६३ किलो सुन तस्करी गरी नेपाल ल्याइएको प्रतिवेदन बुझाएको छ ।

सुन तस्करीमा संलग्न ३२ जनालाई कारबाहीका लागि पनि सीआइबीले सिफारिस गरेको छ । सीआइबीले कारबाहीका लागि सिफारिस गरिएका मध्ये १८ जना फरार रहेका छन् ।

तस्करहरुविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी, राष्ट्र बैक ऐन, नेपाल नागरिकता ऐन, राहदानी ऐन, अध्यागमन ऐन अनुसार कारबाही चलाउनुपर्ने सिआइबीको सुझाव छ । हालसम्म पक्राउ परेका मध्ये ९ जना विदेशी नागरिक छन् ।

 


Thali Mobile Pvt.Ltd.