काठमाडौं । पछिल्लो समय सुनचाँदीको मूल्य आकासिएको छ । साताको पाँचौं दिन बिहीबार सुनचाँदीको मूल्य अझै बढेको हो ।
बिहीबार सुनको मूल्य ५ सयले बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने बुधबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको भएको थियो ।
चाँदीको मूल्य २० रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाइएको छ ।
