भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

सुन्तला सुरक्षित गर्न दम्दालमा सेलार स्टोर

सुन्तला सुरक्षित गर्न दम्दालमा सेलार स्टोर

जाजरकोट । कुशे गाउँपालिका–५ दम्दालस्थित ‘अग्र्यानिक’ सुन्तला भण्डारका लागि भण्डारण भवन ९सेलार स्टोर० निर्माण गरिएको छ । उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गरिएको हो ।

षकले बर्सेनि उत्पादन गरेको सुन्तला कुहिएर खेर जान थालेपछि नोक्सान हुन नदिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटको लगानीमा स्टोर बनाइएको हो । सुविधासम्पन्न भण्डारण भवन निर्माण भएपछि कृषकलाई सुन्तला भण्डारण गर्न सहज भएको सुन्तला कृषक शक्तिबहादुर वलीले बताउनुभयो ।

सुन्तला टिपेर लामो समयसम्म सुरक्षित गर्न सकिने भएकाले सेलारमार्फत स्टोर गरी कृषकको अर्थोपार्जनमा टेवा पुग्ने परियोजनाले विश्वास लिएको कार्यालयले जनाएको छ । परियोजनाको रु १२ लाख र प्रगतिशील युवा कृषि सहकारी संस्थाको रु १२ लाख लागतमा सेलार स्टोर निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, जाजरकोटका प्रमुख पिताम्बर बस्नेतले जानकारी दिनुभयो ।

सेलार स्टोरले ग्रामीण क्षेत्रमा उत्पादित सुन्तलालाई उचित भण्डारण गर्दै त्यसको गुणस्तरलाई कायम राख्न मद्दत पुग्ने बस्नेतको भनाइ छ । उचित भण्डारणको अभावमा यस क्षेत्रका कृषकले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्दै आएका थिए । अब गाउँमै सेलार स्टोर निर्माण भएपछि सुन्तलाको माग बढेका बेला कृषकले बढी मूल्यमा सजिलै बिक्री गर्न सहज हुने प्रमुख बस्नेतको भनाइ छ ।

कृषिजन्य वस्तुको भण्डारण सेलार स्टोर निर्माणले यस क्षेत्रका कृषकको पुरानो मागलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको गाउँपालिकाका सुन्तला व्यवसायीले बताएका छन् । गाउँमै सेलार स्टोर निर्माण भएपछि कुशेका सुन्तला कृषकमा नयाँ उत्साह पलाएको छ । भवनभित्र सुन्तला भण्डारण गर्न सहजताका लागि काठका र्याक निर्माण गरिएका छन् ।

भवनमा कृषकको मात्र सुन्तला भण्डारण गरिनेछ । कुशेमा सुन्तला उत्पादन क्षेत्र विस्तारसँगै वृद्धिमा समेत टेवा पुग्ने देखिएको छ । यसभन्दा अघि साना अर्थात खेर जाने सुन्तलाको जुस निकाल्ने कार्यसमेत शुरु भइसकेको छ । आउँदो आर्थिक वर्षमा सुन्तलाको पकेट रहेका सबै पालिकामा सुन्तलाको जुस बनाउने काम शुरु गर्न लागेको परियोजनाको भनाइ छ । रासस

 


Thali Mobile Pvt.Ltd.