भर्खरै : Sorry, your browser does not support inline SVG.
इराकको कडा कदम : इरान समर्थक सशस्त्र समूहलाई सेप्टेम्बर ३० भित्र निशस्त्रीकरण गर्न निर्देशन | राहदानी छपाइ भ्रष्टाचार मुद्दा : महानिर्देशकसहित ५ जना धरौटीमा रिहा | आज र भोलि मनसुन सक्रिय, ६ प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना | कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते, सबैलाई थप उपचारका लागि भैरहवा रिफर | म्याग्दीको ऐतिहासिक भंकासे स् जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल | अफगानिस्तानमा पाकिस्तानको सैन्य कारबाही, २९ जना मारिएको दाबी | दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित, क्यानडा पहिलो पटक विश्वकपको अन्तिम १६ मा | कालो सिसा प्रयोग गर्ने ५७ सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा |

सुरक्षा निकायलाई गृहमन्त्री पौडेलको निर्देशन

सुरक्षा निकायलाई गृहमन्त्री पौडेलको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले दबाब र प्रभावबिना काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रीको रूपमा आज पदभारग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रहरी र गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै जिम्मेवारी कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

आफू फरक खालको व्यक्ति भएको जानकारी गराउँदै उहाँले हरेक व्यक्ति आआफ्नो जिम्मेवारी सम्पादन गर्न सबै स्वतन्त्र हुने बताउनुभयो । उहाँले जिम्मेवारी अनुसार आफूलाई नतिजा भने चाहिनेसमेत उल्लेख गर्नुभयो । गृहमन्त्री पौडेलले भन्नुभयो, “नतीजाप्रति जिम्मेवार भएर यहाँहरूले काम गर्नुपर्छ भन्ने मान्यता म राख्छु”, गृहमन्त्रीले भन्नुभयो । उहाँले बढुवा, सरुवा, थमौती र स्वदेश, विदेश पठाउनका निम्ति मातहतका आफूकहाँ नआउन मातहतका कर्मचारीलाई भन्नुभयो ।

उहाँले सरकारबाट गर्नुपर्ने काममा कुनै कमि नहुने र मन्त्रीका हैसियतमा गर्ने निर्णयमा आफू जिम्मेवार रहेको पनि बताए । गृहमन्त्री पौडेलले राजनीतिक परिस्थितिको प्रभाव सुरक्षा निकायमा र गृह प्रशासनमा पर्न नहुनेमा जोड दिए । उहाँले शान्ति सुरक्षा, मानिसको जीउधनको रक्षा गर्ने सवालमा जिम्मेवारीपूर्वक काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले राजनीतिक परिस्थितिबाट गृह प्रशासन अलग हुनुपर्नेमा जोड दिए। गृह प्रवक्ता जनकराज दाहालका अनुसार गृहमन्त्री पौडेलले काम छिटो, छरितो र इमान्दारपूर्वक गर्न र सरकारको नीति, योजना व्यवहारमा कार्यान्वयन हुने गरी काम गर्न मातहतका निकायलाई निर्देश गर्नुभएको छ ।

निर्देशनका क्रममा गृहमन्त्री पौडेलले शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति हुने गरी जिम्मेवारी पूरा गर्न तथा परेका समस्याबारे खुलस्त राख्नसमेत आग्रह गर्नुभएको प्रवक्ता दाहालले राससलाई जानकारी दिनुभयो ।  “समग्रमा मन्त्रीज्यूको हौसला र उत्प्रेरणा दिने खालको निर्देशन थियो, पदीय जिम्मेवारी आआफ्नो हुन्छ तर जिम्मेवारी इमान्दारपूर्वक गर्न भन्नु भएको छ”, उहाँले थप्नुभयो ।

उपप्रधानमन्त्री पौडेलले गृह मन्त्रालयसहित अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालयको समेत कार्यभार सम्हाल्नु भएको छ । सर्बोच्च अदालतको आदेशपछि गत वैशाख ३१ मा गठित मन्त्रिपरिषदमा प्रधानमन्त्री केपी शर्मा ओलीको यही असार १० को सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री पौडेललाई ती मन्त्रालयको समेत कार्यभार सम्हाल्ने गरी तोक्नुभएको हो ।

 


Thali Mobile Pvt.Ltd.