काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न भएको छ ।
पूजा आराधना गरी मनाइने छठ पर्व बिहान उदाउँदो सूर्यलाई पूजा सामग्रीसहित अर्घ्य दिएपछि विधिवत सम्पन्न भएको हो ।
चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने कामनासहित आदि देव सूर्यको उपासना गरी अत्यन्त श्रद्धापूर्वक छठ पर्वक मनाइन्छ ।
