भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

स्काउटमा तीन लाख विद्यार्थी पुर्‍याउने लक्ष्य

स्काउटमा तीन लाख विद्यार्थी पुर्‍याउने लक्ष्य

काठमाडौँ । नेपाल स्काउटले मुलुकभर तीन लाख विद्यार्थीलाई समेटने लक्ष्यका साथ अभियान थालेको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै आफ्नो संरचना पनि सोहीअनुसार अघि बढाएको नेपाल स्काउटले मुलुकका सबै ७५३ वटै स्थानीय तहमा संरचना निर्माण गरिसकेको जनाएको छ । स्काउट गतिविधिलाई थप चलायमान बनाउन संरचना विस्तार गर्ने क्रममा आज स्थानीय स्काउट कार्यालय काठमाडौँले यहाँ ‘प्रधानाध्यापक गोष्ठी’ गरेको छ । हरेक स्कुलमा स्काउटको संरचना निर्माण गर्ने लक्ष्यसहित उक्त कार्यक्रम आयोजना गरिएको र यो अभियान मुलुकभर नै जारी रहेको वाग्मती प्रदेश सदस्य शिवराम अर्यालले जानकारी दिए ।

हाल नेपालमा ६५ हजार विद्यार्थी स्काउटमा आवद्ध छन् । उनका अनुसार काठमाडौँ महानगरपालिकाका ५९ सरकारी उच्च माध्यामिक विद्यालयमध्ये १३ वटामा स्काउट रहेकामा अब सबै विद्यालयलाई समेटने गरी उक्त भेला गरिएको हो । सन् १९०७ मा २० जनालाई लिएर बेलायतबाट लर्ड वेडेन पावेलले स्काउट स्थापना गर्नुभएको थियो । नेपालमा सन् १९५२ विसं २००९ मा स्काउट शुरु भएको हो । स्काउटको इकाइ गठन गर्न तथा गतिविधि सञ्चालनका लागि काठमाडौँ महानगरपालिकाले आवश्यक सहयोग गर्दै आएको र यो क्रम जारी रहने महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले बताए ।

कार्यक्रममा नेपाल स्काटउका निर्देशक रामप्रसाद भट्टराइले स्काउटको उद्देश्य, राष्ट्रिय तथा अन्तरराष्ट्रिय अभ्यास तथा गतिविधिका बारेमा प्रस्तुति दिँदै वर्तमान समयमा स्काउटको भूमिका अझ बढेर गएको बताए । आयोजक संस्थाका संयोजक विमला श्रेष्ठले काठमाडौँ महानगरपालिकामा पनि स्काउटलाई व्यवस्थितरुपमा अघि बढाउनका लागि र हरेक शैक्षिक संस्थामा स्काउट इकाइ पुर्‍याउनका लागि प्रधानाध्यापकसँग छलफल गरिएको जानकारी दिए। स्काउटले बालकालिका तथा युवालाई कर्तव्यपरायण, सत्चरित्र र सुयोग्य नागरिक बनाउनुका साथै शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँछ ।

यसैगरी स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय समुदायप्रति उत्तरदायी सदस्य बन्न योग्य बनाउँछ । विगतमा सामाजिक सेवा तथा विपदका बेलामा समेत स्काउट टोलीले मुलुकमा महत्वपूर्ण काम गर्दै आएको थियो । कोभिड–१९ सङ्क्रमणको समयमा स्काउट टोलीले जोखिमका साथ शव व्यवस्थापनसमेत गरेको थियो । यस्तै विपदजन्य घटना, महामारी, भूकम्प र बाढी पहिरा आउँदासमेत स्काउट टोली उद्धारमा खटिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.