भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णालीलाई पर्दामा उतार्ने यात्रा: अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पुरा | एक महिनामै ६१ हजारभन्दा बढी नेपाली विदेशिए रोजगारीका लागि | १९५०–५३ को युद्धमा मारिएका १२ चिनियाँ सैनिकका अवशेष चीन पठाइयो | कलङ्कीबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ | साइबर अपराध बढ्दै, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धान प्रभावित : आईजीपी कार्की | भक्तपुरको शैक्षिक गुणस्तर सुधारमा प्राध्यापकहरूको भूमिका महत्वपूर्ण : मेयर प्रजापति | सरकारी सफ्टवेयर र सूचना प्रविधि अध्ययन गर्न कार्यदल गठन | विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना बनाएर अघि बढ्ने प्राधिकरण |

स्तनपान बारेका भ्रम तोड्न जरुरी यस्तो छ वास्तविकता

स्तनपान बारेका भ्रम तोड्न जरुरी यस्तो छ वास्तविकता

काठमाडौं । विश्वभर अगष्ट १ देखि ७ सम्म स्तनपान दिवस मनाउन थालिएको छ । महिलालाई स्तनपानबारे जानकारी दिने यो अभियान नेपालमा जोडतोडले गरिन्छ । तर स्तनपान सम्बन्धी फैलिएका केही धारणा, भ्रम, त्यसका झुट र वास्तविकताका बारेमा सामान्य प्रकाश पार्ने कोशिस गरेका छौं ।

भ्रम नं. १
स्तनको आकार सानो भए बच्चाका लागि पर्याप्त दूध आउँदैन ।

वास्तविकता नं. १
स्तनपानका लागि स्तनको आकारको कुनै भूमिका हुदैँन । आमा स्वस्थ रहे बच्चालाई खुवाउन पर्याप्त दूध आउने गर्दछ ।

भ्रम नं. २
स्तनपानले बच्चालाई मात्र फाइदा पुर्याउँछ ।

वास्तविकता नं. २
यदि कुनै महिलाले नियमित स्तनपान गराउँछिन् भने यसले केवल बच्चालाई मात्र फाइदा पुर्याउँदैन । यसले आमालाई स्तन क्यान्सरको खतराबाट जोगाउँछ ।

भ्रम नं. ३
स्तनपान गराउँदा स्तनको आकारमा परिवर्तन हुन्छ ।

वास्तविकता नं. ३
स्तनपान गराउँदा स्तनको आकारमा कुनै फरक पर्दैन । यो थप स्वस्थ हुने गर्दछ ।

भ्रम नं. ४
आमाको स्वास्थ्य बिग्रिए बच्चालाई स्तनपान गराउनु हुँदैन ।

वास्तविकता नं.४
आमाको स्वास्थ्य खराब हुँदा पनि बच्चालाई स्तनपान गराउन सकिन्छ । यसले बच्चाको स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँदैन ।

भ्रम नं. ५
बच्चालाई आमा दूधभन्दा पाउडर दूध राम्रो हुन्छ ।

वास्तविकता नं. ५
आमाको दूधमा एन्टीबडिज, लिभिङ सेल्स, इन्जाइम र हर्मोन हुने गर्दछ । यो पाउडर वा फर्मुला मिल्क भन्दा धेरै फाइदाजनक हुन्छ । यो समाचार विभिन्न एजेन्सीको सहयोगमा तयार पारिएको हो ।

Mohotsav


Thali Mobile Pvt.Ltd.