भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थमा कृत्रिम अभाव गराउनेमाथि कारबाही गर्न राष्ट्रियसभामा माग | पाकिस्तानमा मनसुनी विपद् : वर्षाजन्य घटनामा ११ जनाको मृत्यु, २७ घाइते | सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित | अविरल वर्षाले कैलाली-कञ्चनपुर जलमग्न, जनजीवन प्रभावित | कर्णाली राजमार्गमा गाडी दुर्घटना : एक जनाको शव फेला, अन्य यात्रुको खोजी जारी | राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने | थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर | परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा |

स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली गठन

स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना व्यवस्थापनका लागि द्रुत प्रतिकार्य टोली गठन

चितवन । स्वास्थ्य संस्थामा हुने अप्रत्यासित घटना तत्काल व्यवस्थापन गर्न द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम) गठन गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलको संयोजकत्वमा ११ सदस्यीय टोली गठन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सरोकारवालाहरुसँग छलफल गरी टोली गठन गरिएको हो । टोलीमा प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, सशस्त्र प्रहरी नायव उपरीक्षक विनोद खतिवडा, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेल छन् ।

यसैगरी अनुसन्धान अधिकृत अजय शर्मा, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालका प्राडा. सुदीपराज केसी, चितवन मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटा, नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा. लोकबहादुर सेढाइ र निजी अस्पताल समन्वय समिति चितवनका सचिव बिक्रम अधिकारी रहेका छन् । सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द वंश न्यौपाने छन् ।

 


Thali Mobile Pvt.Ltd.