भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी सञ्चालन गर्न आग्रह

स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी सञ्चालन गर्न आग्रह

१२ साउन २०७७ काठमाडौं । स्वास्थ्य सुरक्षा अपनाएर लामो दूरीका सवारी साधन सञ्चालनको वातावरण मिलाउन सरकारलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र मजदुर सङ्गठन सम्मिलित कार्यदलले आग्रह गरेको छ । कार्यदलले संयुक्त विज्ञप्ति जारी गरी एक जिल्लाबाट अर्को जिल्लामा जाने यात्रुले धेरै दुःख भोग्नुपरेकोले स्वास्थ्य सुरक्षा अपनाएर सवारी साधन सञ्चालन गर्न सरकारलाई आग्रह गरेको हो ।

कार्यदलले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार लामो, मध्यम, छोटो र स्थानीय रुटमा सार्वजनिक सवारी साधन सञ्चालन गर्ने वैधानिक प्रावधान भएकाले सोही बमोजिम लामो दूरीमा सार्वजनिक सवारी साधन सञ्चालनको वातावरण मिलाउनुपर्ने बताएको हो ।

कोभिड–१९ को सङ्क्रमणका कारण बन्द भएको यातायात सहज रुपमा सञ्चालनका लागि सरकारसँग आवश्यक छलफल गरी समस्यालाई समाधान गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र तीनवटै मजदुर सङ्गठनका अध्यक्षसमेत रहेको कार्यदल गठन गरेको थियो ।

 


Thali Mobile Pvt.Ltd.