भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सरकारसँग मागे जवाफ | कांग्रेसको नयाँ कार्यसमितिमा १४ सांसद निर्वाचित, १० जना पराजित | एनपीएलको भव्य तयारी, कीर्तिपुर मैदानमा थपियो नयाँ सुविधा | असोजमा झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि बिक्री सुरु | सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना |

हत्या अभियोगमा बाबुछोरा पक्राउ

हत्या अभियोगमा बाबुछोरा पक्राउ

जाजरकोट । जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्गे पुलमाथि छेडागाड–१० खलटाकुरा बस्ने बर्ष ४६ का धनविरे पुनमगरको शव गत आइतबार फेला परेको थियो ।

अनुसन्धानपछि हत्यामा बाबुछोराको संलग्नता रहेको तथ्य फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीले बताउनुभयो । उनीहरुलाई अनुसन्धानका लागि अदालतले सात दिनको म्याद दिएको छ । दुवैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक चरणको वयानमा उनीहरुले अपराध स्वीकार गरेको प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.