भर्खरै : Sorry, your browser does not support inline SVG.
परीक्षा सकिएको सात दिनमै बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो नतिजा | आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द | चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्दः सेवाग्राही समस्यामा | बजार अनुगमन कडा बनाउन गृह मन्त्रालयको निर्देशन, गुणस्तरहीन खाना बेच्नेलाई कडा कारबाही हुने | देशभर मनसुन सक्रिय, पश्चिमका केही जिल्लामा बाढीको जोखिम; सतर्क रहन आग्रह | इन्धनमा ठूलो राहत : पेट्रोलमा २० र डिजेल-मट्टितेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि १०० रुपैयाँ सस्तो | सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन | बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस-कुखुरा नष्ट |

हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने

हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने

उदयपुर । त्रियुगा नगरपालिका– ६ मोहनपुर बस्ने प्रेम चौधरीकी छोरी वर्ष १६ की कृशलाको हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने प्रहरीले जनाएको छ । कृशलाको सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने र प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरेर सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै सदरमुकाम गाईघाट बजारसहित विभिन्न सहर बजारमा दैनिक विभिन्न विद्यार्थी सङ्घ सङ्गठन, महिला अधिकारकर्मीले आन्दोलन तथा नारा जुलुस गर्दै आइरहेका छन् ।

यसै क्रममा प्रहरी उपरीक्षक सुवास बोहराले अबका तीन दिनभित्र कृशलाको हत्यामा संलग्न अभियुक्त र हत्याको सबै सत्यतथ्य सार्वजनिक गरिन लागेको बताए । बुबा प्रेमका अनुसार त्रिनपा– ६ मोहनपुकी कक्षा १० मा अध्ययनरत वर्ष १६ की कृशला यही साउन १३ गते जङ्गलमा घाँस दाउरा गर्न गएकी थिइन् । सोही दिनदेखि उनी बेपत्ता भएको र व्यापक खोजी गर्ने क्रममा साउन १९ गते नजिकैको चुरे जङ्गलस्थित राजदेवी सामुदायिक वनको एकान्त कुनामा उनको शव नचिन्ने अवस्थामा फेला परेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.