भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने

हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने

उदयपुर । त्रियुगा नगरपालिका– ६ मोहनपुर बस्ने प्रेम चौधरीकी छोरी वर्ष १६ की कृशलाको हत्यामा संलग्नलाई तीन दिनभित्र सार्वजानिक गरिने प्रहरीले जनाएको छ । कृशलाको सामूहिक बलात्कारपछि हत्या भएको हुनसक्ने र प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गरेर सार्वजनिक गर्न ढिलाइ गरेको भन्दै सदरमुकाम गाईघाट बजारसहित विभिन्न सहर बजारमा दैनिक विभिन्न विद्यार्थी सङ्घ सङ्गठन, महिला अधिकारकर्मीले आन्दोलन तथा नारा जुलुस गर्दै आइरहेका छन् ।

यसै क्रममा प्रहरी उपरीक्षक सुवास बोहराले अबका तीन दिनभित्र कृशलाको हत्यामा संलग्न अभियुक्त र हत्याको सबै सत्यतथ्य सार्वजनिक गरिन लागेको बताए । बुबा प्रेमका अनुसार त्रिनपा– ६ मोहनपुकी कक्षा १० मा अध्ययनरत वर्ष १६ की कृशला यही साउन १३ गते जङ्गलमा घाँस दाउरा गर्न गएकी थिइन् । सोही दिनदेखि उनी बेपत्ता भएको र व्यापक खोजी गर्ने क्रममा साउन १९ गते नजिकैको चुरे जङ्गलस्थित राजदेवी सामुदायिक वनको एकान्त कुनामा उनको शव नचिन्ने अवस्थामा फेला परेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.