भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सेनाको हवाई आक्रमणमा तेह्र बालबालिकाकाे ज्यान गयाे

सेनाको हवाई आक्रमणमा तेह्र बालबालिकाकाे ज्यान गयाे

अफगानिस्तान । सेनाले गरेको हवाई कारबाहीका क्रममा कम्तीमा १३ जना बालबालिका मारिएका छन् । अफगानिस्तानको उत्तर पश्चिमी प्रान्त तखारमा भएको हमलामा परी ती बालबालिका मारिएका अफगानिस्तानको मानवअधिकार आयोगले जानकारी दिएको छ ।

उक्त आयोगले तखार क्षेत्रमा अफगानिस्तानको सरकारी सैन्य फौजले तालिबानीहरु रहेको सूचनाको आधारमा हवाई माध्यमबाट कारबाही गरेको थियो र त्यस कारबाहीमा पनि कैयौँ व्यक्ति मारिएका छन् । कारबाहीका क्रममा अरु पनि कैयौँ व्यक्ति घाइते भएका छन् । अफगानिस्तानका लागि अमेरिकी विशेष दूत जालमी खालिजादले पनि सो जानकारी दिएका हुन् ।

तखार प्रान्तमा गत शुक्रबार कारबम हमला गरेर कैयौंँ निर्दोष गाउँलेको हत्या भएको थियो । उनीहरु त्यसपछि भागेका थिए । उनीहरुलाई कारबाहीका लागि खोज्ने क्रममा अफगानिस्तानको सरकारी सेनाले हवाई कारबाही गरेको थियो । त्यसै क्रममा बालबालिका मारिएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.