भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

‘हरियो बन तस्करीको धन’: तस्करीमा जनप्रतिनिधि नै संलग्न

‘हरियो बन तस्करीको धन’: तस्करीमा जनप्रतिनिधि नै संलग्न

कैलाली । कैलालीको गौरीगंगा –३, कुचैनीस्थित राष्ट्रिय वनबाट सालको काठ तस्करी हुदै गर्दा दुईजनालाई वनका कर्मचारीले पक्राउ गरेका छन् । ढुंगामुनि लुकाएर ल्याउँदै गरेको ५० गोलिया चिरेको काठ ट्रलीसहित कर्मचारीले बरामद गरेका हुन ।

काठ बोकेको ट्याक्टर वडासदस्य निरज चौधरीको रहेको प्रहरीले बताएको छ। यो घटना शुक्रवारको हो । त्यस्तै गौरीगंगा नगरपालिका–७, सुनपाल सामुदायिक वनसँग जोडिएको राष्ट्रिय वनमा ३२ वटा सालका रुख काटिएको र रुख कटानीमा संलग्न भएको आरोपमा सामुदायिक वनका अध्यक्ष, कोषाध्यक्षलगायत १० जनाविरुद्ध अहिले मुद्दा चलिरहेको छ।

यस्तै कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१, जनज्योति सामुदायिक वनका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पदाधिकारीलाई काठ तस्करीको आरोपमा डिभिजन वन कार्यालयले पक्राउ गर्दा एक सय क्युफिट काठ बरामद गरेको थियो।

यी प्रतिनिधि घटनामा काठ तस्करीमा सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधि तथा राजनीतिक दलसँग आबद्ध व्यक्ति संलग्न रहेका छन्। हरियो वन तस्करीको धन भन्ने उखानमा चरितार्थ भएको छ । कैलाली र कञ्चनपुरमा पछिल्ला दिनमा शक्तिको आडमा वन फँडानी गरी काठ तस्करी भइरहेको स्थानीयवासीले बताईरहेका छन्।

 


Thali Mobile Pvt.Ltd.