भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

हामी सबैले खोप लगाउन पाउने छौंः स्वास्थ्य मन्त्रालय

हामी सबैले खोप लगाउन पाउने छौंः स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको जानकारी दिएको छ । यसका लागि आवाश्यक खोप व्यवस्थापन भइरहेको छ भने साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ ।

चिनियाँ कम्पनी सिनोफार्मसँग सरकारले ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरे संगै त्यसबाट ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुनेछ । मन्त्रालयका सह(प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, हामी सबैले खोप लगाउन पाउने छौं ।’

उनका अनुसार कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने योजना छ ।

Health-ministry-of-nepal-notice

 


Thali Mobile Pvt.Ltd.