भर्खरै : Sorry, your browser does not support inline SVG.

हिंसापीडित महिलाकाे सहासलाइ सम्मान

हिंसापीडित महिलाकाे सहासलाइ सम्मान

राजविराज । हिंसापीडितहरूको साहस र हिम्मतको सम्मानमा दुई पीडित महिलालाई सम्मान गरिएको छ । असहज परिस्थितिको सामना गर्दै न्यायका लागि देखाएको आँट, साहस र हिम्मतका लागि डाक्नेश्वरी नगरपालिका–७ ललितपुरकी रधियादेवी मण्डल र राजविराज नगरपालिका–२ की विजयादेवी यादवलाई सम्मान गरिएको हो ।

जनही पाँच हजार प्रदान गरिएको छ । मुस्किल परिस्थितिमा पनि डटेर सामना गर्दै आफ्नै न्यायका लागि लगातार सङ्घर्ष गरिरहेकी यादव र मृत्युवरण गर्न बाध्य बनाइएकी सङ्गीता मण्डलका आरोपितलाई कारवाही गर्न देखाएको साहसका लागि आमा रधियादेवीलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ ।

हिंसापीडितलाई हौसला प्रदान गर्ने कार्यक्रमबमोजिम दहेजमुक्त मिथिला नेपालका अध्यक्ष करुणा झाले मण्डल र यादवलाई सम्मान गरे । गत भदौ २९ गते सामूहिक बलात्कारबाट पीडित १७ वर्षीया सङ्गीता मण्डलको अस्मिताको मूल्य तोक्दै पञ्चहरूले आरोपितलाई कारवाही गर्न रोकेपछि भदौ ३० गते आत्महत्या गरेकी थिइन । मृतक सङ्गीताकी आमा रधियादेवीले न्याय दिलाउनुको साटो अस्मिताको मूल्य पञ्चहरूले तोकेर अपमान गरेकाले नै उनले पासो लगाएर मृत्यु रोजेको दुखेसो गरिन्।

वर्षौँदेखि घरेलु हिंसाबाट प्रताडित विजयादेवी यादवले न्याय पाउने आशामा सङ्घर्षबाट नथाकेको बताइन् । उनका पति सशस्त्र प्रहरी निरीक्षक रामचरण यादवले परित्याग गरी छोराछोरीलाई समेत भेटघाट गर्न नदिएको गुनासो गर्दै यादवले विभिन्न सरकारी निकायमा पटक–पटक उजुरी दिएर धाए पनि न्याय नपाएको बताइन् ।

 


Thali Mobile Pvt.Ltd.