भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

भक्तपुरमा हिलोमा गाडिएको अवस्थामा शव भेटियो

भक्तपुरमा हिलोमा गाडिएको अवस्थामा शव भेटियो

भक्तपुर । चाँगुनारायण नपा ८ सुडालस्थित बोजिनी ड्याममा पौडी खेल्ने क्रममा डुबेका एक युवकको लाश मंगलबार भेटिएको छ । सोमबार पौडी खेल्ने क्रममा डुबेका उनको शव हिलोमा गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक पाँचथर तुम्बेवा गाउँपालिका वडा नं ४ घर भई हाल सुडालमा बस्दै आएका थिए । पोखरीमा डुबी बेपत्ता भए पछि सोमबार नै घटनास्थलमा पुगेको प्रहरीको उद्धार टोलीले मौसमको प्रतिकूलताको कारण लाश निकाल्न सकेको थिएन ।

मंगलबार घटनास्थल पुगी पानीमुनी पसी खोजी गर्दा लाश भेटिएको र पोस्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको प्रहरीले बताएको छ । लिम्बुसँगै पौडी खेल्न गएका प्रकाश लिम्बुसमेतसँग सोधपुछ गरी थप अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रमुख प्रहरी उपरिक्षक तारा देबी थापाले बताईन् ।

 


Thali Mobile Pvt.Ltd.