भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

हेटौँडामा गाईजात्रा विशेष कार्यक्रम

हेटौँडामा गाईजात्रा विशेष कार्यक्रम

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आज ब्लु डायमण्ड सोसाइटीको आयोजनामा गाईजात्रा विशेष कार्यक्रम गरिएको छ । सोसाइटीले ‘राइट हियर राइट नाउँ’को सहयोगमा हेटौँडा उपमहानगरपालिका–११ शहीद स्मारक परिसरमा गाईजात्रा कार्यक्रम गरेको हो । संस्थाले विगत १८ वर्षदेखि काठमाडौँ उपत्यकामा गाईजात्रा कार्यक्रम आयोजना गर्दै आएको थियो ।

यस वर्ष भने कोरोनाको जोखिमका कारण हरेक जिल्लाजिल्लामा कार्यक्रमको आयोजना गरिएको ‘राइट हियर राइट नाउ’ का कार्यक्रम संयोजक अनुज पिटर राईले जानकारी दिए । गाईजात्राले स्वतन्त्रताको समेत वकालत गर्ने भएकाले लैङ्गीक तथा अल्पसङ्ख्यकको पहिचानका लागि पनि यो पर्व उचित भएको राईले बताउनुभयो ।

इतिहासमा पनि गाईजात्राका समयमा केटा मान्छेसमेत केटी भएर हिँड्ने चलन भएको भन्दै उहाँले आफूहरुको पहिचानसँग यो पर्व जोडिएको विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा लैङ्गीक तथा अल्पसङ्ख्यक समुदायका २५ जना सहभागीले स्वास्थ्य मापदण्ड पालना गरी प्लेकार्डसहित गाईजात्रा कार्यक्रम गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.