भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी | दसैँको टीकाको साइत कात्तिक ४ गते बिहान १० बजेर २६ मिनेटमा | फ्रान्समा विद्यार्थी आन्दोलन उग्र बन्दै, हजारौँ पक्राउपछि अभिभावक र मजदुर पनि सडकमा | दसैँअघि नै मालढुङ्गा पुल सञ्चालनमा ल्याउने तयारी, २४सै घण्टा मर्मत | भोटेकोशी बाढीपीडितका लागि गैरसरकारी संस्था र पालिकासँग मिलेर अस्थायी आवास बनाइने |

हेटौंडाको राप्तीतटमा शवदाह मेसिन जडान सुरु

हेटौंडाको राप्तीतटमा शवदाह मेसिन जडान सुरु

वाग्मती । हेटौंडा उपमहानगरपालिका–१० राप्तीतटमा शवदाहका लागि मेसिन जडान गर्ने कार्य सुरु भएको छ ।उपमहानगरपालिकाले आफ्नो योजना अनुसार शवदाहका लागि मेसिन जडान गर्ने कार्य सुरु गरेको उपमहानगरपालिकाका प्रमुख हरिवहादुर महतले जानकारी दिनुभयो । सो मेसिन उपमहानगरपालिकाले भारतवाट रु ५५ लाख ६५ हजारमा खरिद गरी ल्याएको बताइएको छ ।

यही माघ महिनाको अन्त्यसम्ममा मेसिन जडान सकेर शवदाहका लागि तयार हुने उपमहानगरपालिकाले जनाएको छ । मेसिनको प्रयोगपछि शवदाहको क्रममा दाउराको खपत रोकिने, वातवरण प्रदुषण नहुने र छोटो समयमै शवदाहको कार्य सकिने बताइएको छ । एक सय १० फिट अग्लो चिम्नीसहितको मेसिनमा शवदाहका लागि शुल्क तिर्नु नपर्ने उपमहहानगरपालिकाले जनाएको छ । मेसिनमा शवदाह गर्दा वरपरको क्षेत्रमा समेत दुर्गन्ध हुने समस्या समेत हट्ने बताइएको छ ।

 


Thali Mobile Pvt.Ltd.