भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

होन्डुरसमा पहिलो महिला राष्ट्रपति

तेगुसिगला । होन्डुरसमा नयाँ राष्ट्रिपति निर्वाचित हुनुभएको छ । यहाँको निर्वाचन आयोगले सोमबार सियोमरा क्यास्ट्रो नयाँ नयाँ राष्ट्रिपति निर्वाचित हुनुभएको जनाएको हो । होन्डुरसको लिबर्टी एण्ड रिफाउन्डेसन पार्टीका नेता सियोमरा नयाँ राष्ट्रिपति निर्वाचित हुनुभएको घोषणा निर्वाचन आयोगले सोमबार गरेको हो । यहाँ अघिल्लो महिना नयाँ राष्ट्रिपतिका लागि निर्वाचन भएको थियो । तर ढिला गरी सोमबार मात्र उहाँलाई घोषणा गरिएको छ ।

सो घोषणामा उहाँको कार्यकाल आगामी जनवरी २७ देखि सुरु हुने र सन् २०२६ को जनवरी २७ सम्म हुने घोषणा पनि गरेको छ । उहाँले यहाँको निर्वाचनमा १७ लाखभन्दा बढी अर्थात् ५१।१२ मत प्राप्त गर्नुभएको थियो । उहाँ होन्डुरसका पूर्व राष्ट्रिपति म्यानुअल जिलयाको श्रीमती हुनुहुन्छ । उहाँ होन्डेरसको पहिलो महिला राष्ट्रपति हुनुहुनेछ ।

 


Thali Mobile Pvt.Ltd.