भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

होलीमा इच्छाविपरीत रङ नदल्न अनुरोध

होलीमा इच्छाविपरीत रङ नदल्न अनुरोध

कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले होलीपर्वमा कसैको इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने जस्ता कानुनले बन्देज गरेका क्रियाकलाप नगर्न अनुरोध गरेको छ ।जिल्ला प्रशासन कार्यालयले सार्वजनिक अपिल जारी गर्दै होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने क्रियाकलाप नगर्न सचेत गराएको हो । सुर्खेत लगायतका पहाडी जिल्लामा बिहीबार होली मनाइँदैछ ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले फागू पर्वका अवसरमा अराजक गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरिने बताउनुभयो ।“होली ९फागू पर्व० मा गर्न नपाइने क्रियाकलापबारे सचेत गराएका छौं,” उहाँले भन्नुभयो,“अटेर गरी कानुनले बन्देज गरेका गतिविधि भएको पाइएमा कारबाही गर्न बाध्य हुनेछौँ ।” प्रशासनले होली मनाउने क्रममा इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, बाटोमा ढुकेर फोहर पानी, रासायनिक पदार्थ छ्याप्ने, बाटो अवरुद्ध हुने गरी सवारीसाधनबाट रकम असुल्ने लगायतका क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.