१० औँ गोर्खा रारा गोल्ड कपको उपाधि सिराहाको सलहेश फुटलव क्लबको पोल्टामा

१० औँ गोर्खा रारा गोल्ड कपको उपाधि सिराहाको सलहेश फुटलव क्लबको पोल्टामा

धनकुटा । १० औँ गोर्खा रारा गोल्ड कपको उपाधि सिराहाको सलहेश फुटलव क्लबले जितेको छ । धनकुटाको राजारानीमा बिहीबार पुण्य माविको खेल मैदानमा सम्पन्न खेलमा सलहेशले धनकुटाको डाँडा बजार फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । उपाधि सँगै विजेता टोलीले नगद चार लाख रुपियाँ हात पारेको छ ।

उपविजेताले भने दुई लाखमा चित्त बुझाएको छ । खेलमा सलहेशका फागुराम थारु उत्कृष्ट खेलाडी घोषित भए । सलहेशलकै निश्चल मोक्तान उत्कृष्ट गोलकिपर घोषित भए ।
यता उदयमान खेलाडी डाँडा बजारका अर्जुन लिम्बु उत्कृष्ट घोषित भए । गत २२ गते बाट सुरु भएको प्रतियोगितामा देशका विभिन्न ८ क्लबको सहभागिता रहेको थियो ।

खेलको १५ औँ मिनेटमा सलहेशको लागि फागुराम थारुले खाता खोलेका थिए । ४० औँ मिनेटमा डाँडा बजारको लागि नीरज थापा मगरले बराबरी गोल गरेका थिए । ५९ औ मिनेटमा सलहेशको लागि समीर तामाङले गोल थप्दै २–१ को अग्रता बनाए । खेलको ८६ औ मिनेटमा फागुरामले पुन आर्को गोल थप्दा सलहेश ३–१ गोलले विजयी भए ।

 


Thali Mobile Pvt.Ltd.