भर्खरै : Sorry, your browser does not support inline SVG.
होर्मुज जलडमरूमध्यमा एलएनजी ट्याङ्करमाथि आक्रमण, ओमान नजिक आगलागी | खाना नपाएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा सुकुमवासीको प्रदर्शन | घरजग्गा बजारमा सुधारको संकेत : कारोबार र राजस्वमा उछाल, काठमाडौं अग्रस्थानमा | एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ६४.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण | टीकापुर प्रहरी हिरासतबाट थुनुवा फरार : डीएसपी तिमिल्सिनाको नेतृत्वमा छानबिन समिति गठन | शहीद गङ्गालाल हृदय केन्द्रमा स्वास्थ्य बीमा सेवा पुनः सुरु, ओपीडीबाट सेवा लिन सकिने | राहदानी छपाइमा ‘अर्बौँको अनियमितता’ आरोप, लेखा समितिमा फाइल झिकाएर छानबिन गर्न सांसदहरूको माग | बर्डफ्लु प्रभावित किसानलाई एक साताभित्र क्षतिपूर्ति, सरकारले ५२ करोड रुपैयाँ वितरण गर्ने |

१४ वटा बैङ्कहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाए

१४ वटा बैङ्कहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाए

काठमाण्डौ । १४ वटा बैङ्कहरुले असोजको तुलनामा कात्तिकमा ब्याजदर घटाएका छन् । वाणिज्य बैङ्कहरुले कात्तिक महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका हुन । प्राइम कमर्सियल बैङ्कले १ दशमलव १० प्रतिशतले घटाएर व्यक्तिगततर्फ १० दशमलव २५ प्रतिशत र संस्थागततर्फ ८ दशमलव २५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

चारवटा बैङ्कले असोज महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन् भने दुईवटा बैङ्कले ब्याजदर बढाएका छन् । असोज महिनाको तुलनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैङ्क एभरेष्ट बैङ्क रहेको छ । एभरेस्ट बैङ्कले १ दशमलव ८३ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रभु बैङ्कले कात्तिकमा शून्य दशमलव ७७६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सानिमा बैङ्कले कात्तिकमा शून्य दशमलव ७२९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर तोकेको छ ।

नबिल बैङ्कले पनि १ दशमलव ०५४ प्रतिशतले ब्याजदर घटाएको छ । व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । सिटिजन्सले शून्य दशमलव ०९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव ९६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९६ प्रतिशत ब्याजदर तोकेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले ब्याजदर शून्य दशमलव ७ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२ प्रतिशत र संस्थागततर्फ ५ दशमलव ५ प्रतिशत बनाएको छ । नेपाल बैङ्कले शून्य दशमलव ०६९ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव २२४ प्रतिशत र संस्थागततर्फ ७ दशमलव २२४ प्रतिशत ब्याजदर तोकेको छ ।

हिमालयन बैङ्कले ब्याजदर शून्य दशमलव ०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत बनाएको छ । एनआईसी एशिया बैङ्कले शून्य दशमलव ०५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत ब्याजदर तोकेको छ ।

त्यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले १ दशमलव ०२ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ १० दशमलव ०१ प्रतिशत र संस्थागततर्फ ८ दशमलव ०१ प्रतिशत ब्याजदर तोकेको छ । ग्लोबल आइएमईले शून्य दशमलव ५ प्रतिशत घटाएर व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कृषि विकास बैङ्कले शून्य दशमलव २५१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ दशमलव ७६ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ७६ प्रतिशत प्रतिशत ब्याजदर तोकेको छ । त्यस्तै कुमारीले ब्याजदर शून्य दशमलव १ प्रतिशत घटाएर व्यक्तिगततर्फ १० दशमलव ०१ प्रतिशत र संस्थागततर्फ ८ दशमलव ०१ प्रतिशत बनाएको छ ।

नेपाल एसबिआई बैङ्क र एनएमबि बैङ्कले भने ब्याजदर बढाएका छन् । एनएमबि बैङ्कले कात्तिकमा १ दशमलव ०१३ प्रतिशत बढाएर व्यक्तिगततर्फ ११ दशमलव ००३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव ००३ प्रतिशत पुर्याएकोे छ । यसअघि बैङ्कले असोजमा व्यक्तिगततर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत ब्याजदर तोकेको थियो ।

नेपाल एसबिआई बैङ्कले ० दशमलव ७ प्रतिशत बढाएर व्यक्तिगततर्फ १० दशमलव ७ प्रतिशत र संस्थागततर्फ ८ दशमलव ७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोजमा बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेको थियो । सिद्धार्थ बैङ्क, माछापुच्छ्रे बैङ्क, लक्ष्मी सनराइज बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले भने असोज मसान्तकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

सिद्धार्थ बैङ्कले व्यक्तिगततर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत, माछापुच्छ्रेले व्यक्तिगततर्फ ९ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत, लक्ष्मी सनराइज बैङ्कले व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र राष्ट्रिय वाणिज्य बैङ्कले व्यक्तिगततर्फ ९ दशमलव ५ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ५ प्रतिशत ब्याजदर तोकेका छन् ।

 

 


Thali Mobile Pvt.Ltd.