भर्खरै : Sorry, your browser does not support inline SVG.

२८ करोड ८० लाख रुपियाँ युरोपेली संघ (इयू) ले भूकम्प पीडितलाई प्रदान गर्ने

२८ करोड ८० लाख रुपियाँ युरोपेली संघ (इयू) ले भूकम्प पीडितलाई प्रदान गर्ने

 काठमाडौं । २८ करोड ८० लाख रुपियाँ युरोपेली संघ (इयू)ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ प्रदान गर्ने भएको छ । आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय युरोपेली संघले निर्णय गरेको हो ।

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्ने छ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो । इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.