भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

३० लाख स्वाहा, एक महिना नपुग्दै भत्कियो कजवे

३० लाख स्वाहा, एक महिना नपुग्दै भत्कियो कजवे

३० लाखको कजवे,३० दिनमै भत्कियो ।

गुणस्तर हिन काम, बदनामीको इनाम ।

३० लाखको बजेट, बालुवामा पानी ।

२०७७ भाद्र ८ , प्रदेश २ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवम् प्रदेशसभा सदस्य शत्रुधन महतोले संसद् विकास कोषको बजेटबाट निर्माण गराएकोे कजवे गुणस्तरहीन भएको छ ।  कजवे गुणस्तरहीन भएपछि एक महीना नपुग्दै भत्किएको स्थानीयले बताएका छन् ।

धनुषाको मिथिला नगरपालिकामा रू। ३० लाखको लागतमा निर्माण गरिएको उक्त कजवे ३० दिन नबित्दै भत्किएको हो । मिथिला नगरपालिका–६ कुसुमबिसौना हुँदै ढल्केवर जाने सुखजोर खोलामा बनाइएको कजवे कमसल भएकै कारण भत्किएको स्थानीयले बताए ।

पुरानो कजवेको उचाइ भन्दा १ फिटमाथि सोही ढाँचामा निर्माण गरिएकोमा पानी निकास हुन नसकेर कजवेको दुवैपट्टिबाट भत्किएको स्थानीयले बताए । उपभोक्ता समितिका अध्यक्ष उमेश कुमार महतोले ३० लाखको काम १० दिनभित्रै गर्नुपरेको भन्दै निर्मित कजवेप्रति आफूहरूको समेत चित्त नबुझेको जानकारी दिए ।

लवकुशचोकदेखि मिथिला नगरपालिकाको ढल्केवर जोड्ने कजवे योजनाका उपभोक्ता समितिमार्फत निर्माण गरिएको थियो । कजवे निर्माणमा कमसल सामग्रीको प्रयोग गर्दा निर्माण पूरा नहुँदै भत्किएको स्थानीयको बुझाइ छ ।

 

 

 


Thali Mobile Pvt.Ltd.