भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

४ महिनापछि हेलम्बु र पाँचपोखरीमा यातायात पुगे

४ महिनापछि हेलम्बु र पाँचपोखरीमा यातायात पुगे

काठमाडौं । मेलम्ची पुल र चनौटेको रातो पुल बगाएपछि पाँचपोखरी र हेलम्बुसँग सडकसञ्जाल विच्छेद भएको चार महिनापछि पुनः सार्वजनिक यातायात सञ्चालनमा आएको छ । मेलम्चीको मेलम्ची पार्क र चनौटेको रातो पुल भएको ठाउँमा खोलामा हिम पाइप राखेर यातायाता सुचालु गरिएको हो ।

असार १ मा आएको बाढी पहिरोले मेलम्ची पुल बगाएको थियो भने चनौटेको रातो पुल साउन १५ मा आएको बाढीले बगाएको थियो । दशैंमा स्थानीयलाई सहज होस् भन्ने हिसाबले हिम पाइप राखेर दुवै ठाउँमा सार्वजनिक यातायात सञ्चालन गरिएको मेलम्ची नगरपालिकाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.