भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

बाढीका कारण बंगलादेश र भारतमा वितण्डा, ४१ जनाको मृत्यु, ४० लाख अलपत्र

बाढीका कारण बंगलादेश र भारतमा वितण्डा, ४१ जनाको मृत्यु, ४० लाख अलपत्र

काठमाडौं । बंगलादेश र भारतमा बाढीका कारण ४१ जनाको मृत्य र भारतको मेघालयमा १६ जनाको मृत्यु भएको छ । भएको छ भने ४० लाख मानिस अलपत्र फरेका छन् । बाढीका कारण राजधानी ढाकासँगै जाकिगन्ज, जैतियापुर, बिश्वनाथ जिल्ला डुबानमा परेका छन् भने भारतको उत्तरी राज्यहरू आसाम र मेघालयमा बाढीका कारण अधिकांश घरहरु डुबानमा परेका छन् भारतका १८ लाख मानिस बाढीले विस्थापित भएको जनाइएको छ ।

बाढी प्रभावितका लागि उचित राहतको व्यवस्था गरिने भारत सरकारले जनाएको छ । उता बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा एकसातादेखि जारी वर्षापछि आएको बाढीमा ४० लाख मानिस अलपत्र परेको अधिकारीहरूले जनाएका छन् ।
ग्लोबल वार्मिङको दर कायम रहे बंगलादेशका करिब १७ प्रतिशत मानिसलाई अर्को दशकमा अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आउँन सक्ने जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघको अन्तरसरकारी प्यानलले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.