भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह | भोटेकोशी बाढीको भयावह विवरण : ७३४ शव फेला, २ हजार ४८९ जना अझै बेपत्ता |

बाढीका कारण बंगलादेश र भारतमा वितण्डा, ४१ जनाको मृत्यु, ४० लाख अलपत्र

बाढीका कारण बंगलादेश र भारतमा वितण्डा, ४१ जनाको मृत्यु, ४० लाख अलपत्र

काठमाडौं । बंगलादेश र भारतमा बाढीका कारण ४१ जनाको मृत्य र भारतको मेघालयमा १६ जनाको मृत्यु भएको छ । भएको छ भने ४० लाख मानिस अलपत्र फरेका छन् । बाढीका कारण राजधानी ढाकासँगै जाकिगन्ज, जैतियापुर, बिश्वनाथ जिल्ला डुबानमा परेका छन् भने भारतको उत्तरी राज्यहरू आसाम र मेघालयमा बाढीका कारण अधिकांश घरहरु डुबानमा परेका छन् भारतका १८ लाख मानिस बाढीले विस्थापित भएको जनाइएको छ ।

बाढी प्रभावितका लागि उचित राहतको व्यवस्था गरिने भारत सरकारले जनाएको छ । उता बंगलादेशको उत्तरपूर्वी क्षेत्रमा एकसातादेखि जारी वर्षापछि आएको बाढीमा ४० लाख मानिस अलपत्र परेको अधिकारीहरूले जनाएका छन् ।
ग्लोबल वार्मिङको दर कायम रहे बंगलादेशका करिब १७ प्रतिशत मानिसलाई अर्को दशकमा अन्यत्र स्थानान्तरण गर्नुपर्ने अवस्था आउँन सक्ने जलवायु परिवर्तन सम्बन्धि संयुक्त राष्ट्रसंघको अन्तरसरकारी प्यानलले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.