भर्खरै : Sorry, your browser does not support inline SVG.

७३ दलले आफ्नै चुनाव चिन्ह पाउने

७३ दलले आफ्नै चुनाव चिन्ह पाउने

काठमाडौँ । आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा साना राजनीतिक दलहरुले पनि आफ्नै चुनाव चिन्ह पाउने भएका छन् । राजनीतिक दलसम्बन्धी ऐन अनुसार राष्ट्रिय मान्यता प्राप्त दलले मात्र आफ्नै चुनाव चिन्ह पाउँने भएपनि निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा ७३ साना दलहरूलाई आफ्नै चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो ।

आयोगले जिल्लामा रहेको संगठनको संरचनाको विवरणका आधारमा चुनाव चिन्ह प्रदान गरेको आयोगले जनाएको छ ।राष्ट्रिय मान्यता प्राप्त गरेका बाहेकका साना दलहरूले आफ्नै चुनाव चिन्ह पाउनु पर्ने माग गरेका थिए । स्थानीय तह निर्वाचनका लागि ७९ दल आयोगमा दर्ता भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.