अछाम । बँदेलको आक्रमणबाट अछाममा एक महिलाको ज्यान गएको छ । मास गोडेर घर फर्कने क्रममा बदेलले आक्रमण गरेको हो ।
बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका ३ की २६ वर्षीया दिला बयकको ज्यान गएको प्रहरीले जनाएको छ । बँदेलले आक्रमण गरेपछि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।