भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

थप दुई जना चिनियाँ नागरिक सुन तस्करीको आरोपमा पक्राउ

थप दुई जना चिनियाँ नागरिक सुन तस्करीको आरोपमा पक्राउ

काठमाण्डौ । सुन तस्करीको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । ६० किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन ।

प्रहरीले यो प्रकरणमा अहिलेसम्म २३ जनालाई पक्राउ गरेको छ । राजश्व अनुसन्धान विभागले गएको साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक शुबाट बरामद गरिएको सुन मङ्गलवार गालिएपछिको तौल ६० किलो ७ सय १६ ग्राम छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा दुई जनालाई काठमाण्डौबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको प्रहरीले नाम खुलाएको छैन ।

 


Thali Mobile Pvt.Ltd.