भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

अटोलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने

अटोलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिने

टिस्टङ । समुदायस्तरमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मकवानपुरको थाहा नगरपालिकाले नगरमा सञ्चालित अटोरिक्सालाई एम्बुलेन्सका रुपमा प्रयोग गर्ने भएको छ । नगरपालिकामा रहेका एम्बुलेसले धान्न नसक्ने अवस्था आउन सक्ने सम्भावना देखेर बिरामी बोक्ने विकल्पका रुपमा अटो प्रयोग गर्ने निष्कर्षमा पुगेको नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीले बताउनुभयो ।

“हाल नगरपालिकाभित्र छ वटा एम्बुलेन्स सञ्चालनमा छन्, नगरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएकाले यहाँ सञ्चालित अटोहरुलाई पनि तयारी अवस्थामा राख्न लागिएको छ”, उपप्रमुख गोपालीले भन्नुभयो । समयमै एम्बुलेन्स पाउने अवस्था नहुन सक्ने र जारी निषेधाज्ञाका कारण यातायातका अन्य साधन नपाउने स्थिति भएपछि प्रत्येक वडामा अटोको प्रयोग गर्न लागिएको उहाँको भनाइ छ ।

नगरपालिकाले नगरस्थित अटो व्यवसायी सङ्घसँग प्रत्येक वडामा एउटा अटोलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्नेगरी सहमति गरेको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिनुभयो । सामान्यतया ती अटोले वडाबाट नगरभित्रको स्वास्थ्य संस्थासम्म बिरामी पु¥याउनेछन् । त्यसरी प्रयोग हुने अटोका चालक पछाडिको भागमा प्लास्टिकले बारेर सुरक्षित बनाइनेछ ।

बिरामी बोक्न प्रयोग नभएको अवस्थामा ती अटोलाई अत्यावश्यक सामान ढुवानीमा समेत प्रयोग गर्न सकिने गरी सहमति भएको नगरपालिकाका सूचना अधिकारी भुजेलले बताउनुभयो । नगरमा वडा नं ३ मा २३ र ४ मा ११ जनासहित हाल ८० व्यक्ति कोरोना सङ्क्रमित छन् । उनीहरुमध्ये ७६ जना ‘होम आइसोलेशन’ मा रहेका छन् भने चार जनालाई विभिन्न अस्पतालमा ‘रिफर’ गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.