भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

अधिकांश मिनिमार्टमा नियम विपरीत सञ्चालन

अधिकांश मिनिमार्टमा नियम विपरीत सञ्चालन

भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिले आज जिल्लाका विभिन्न खाद्यान्न स्टोर एवं मिनीमार्टमा गरेको अनुगमनमा अधिकांश पसलमा म्याद गुज्रेको सामान फेला परेको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा देग ग्रोसरी मार्ट, स्वःनिग मिनिमार्ट, महालक्ष्मी ट्रेडर्स, गोसाई स्टोर, एस आर स्टोर, वेलकम मार्केट दर्ता नगरी सञ्चालन भएको र म्याद गुज्रेको खाद्य पदार्थ बिक्रीमा राखेको पाकेजिङ सामानमा लेबल नराखी बिक्री गरेको पाइएको छ ।

खुर्सानीको धुलो, बिस्कुट, पिठो, बिभिन्न खाद्य एवं पेय पदार्थ, ल्याक्टोजेन दुध, वेशन, हाइजेनिक मःमः, पिठो, चाउचाउ, पापड ३२ किलो ८०० ग्राम जफत गरी नष्ट गरिएको समितिका संयोजक गोराले जानकारी दिनुभयो । त्यसैगरी साख मल्टी स्टोर मिनिमार्ट दर्ता नगरी सञ्चालन गरेको, म्याद गुज्रेका विभिन्न ब्राण्डका विस्कुट ४८ प्योकट फ्रुट, केक, तेल, ग्लुकोज डी, डिडिसी ध्यू, भुटेको तेललगायत सामानहरु जपत गरी नष्ट गरेको छ ।

बजार अनुगमनका क्रममा अधिकांश पसलहरु अनियमितत तरिकाले सञ्चालनमा रहेको पाइएको छ । प्याकेज गरिएका सामानमा लेवल नराखेकाले म्याद गुज्रेको सामानहरु खाद्य विभागमा अनुज्ञा पत्र लिई लेबल राखेर मात्रै बिक्री गर्न र म्याद नाघेको सामानहरुलाई बिक्री कक्षमा नराख्न, तराजु नापतौल विभागमा नवीकरण गर्न, सरसफाइमा ध्यान दिई पसल व्यवस्थित गर्न, बिल दिने व्यवस्था गर्न निर्देशन दिएको अनुगमन समितिका रामकृष्ण प्रजापतिले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.