भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अनलाइनबाट विद्यार्थी भर्ना लिइने

अनलाइनबाट विद्यार्थी भर्ना लिइने

चितवन । विद्यालयहरुले अनलाईन मार्फत भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार यहाँ रहेका सबै विद्यालयहरुले असार १ गतेदेखि भर्ना प्रक्रिया शुरु गर्न लागेका हुन् । कार्यालय प्रमुख भूमिलाल सुवेदीका अनुसार ईन्टरनेटको सुविधा भएको ठाउँमा भर्चुअल माध्यमबाट भर्ना लिइने छ भने अन्य स्थानमा सामाजिक दूरी कायम गरी भर्ना लिइने छ ।

विद्यार्थीहरुको भविष्यसँग जोडिएकाले भर्ना प्रक्रिया शुरु भएसँगै विद्यालयले पुस्तक खरिद गरी विद्यार्थीहरुलाई उपलव्ध गराउने छन् । अहिले यहाँका सात वटै स्थानीय तहका शिक्षा शाखाहरु नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको उहाँले जानकारी दिनुभयो । कक्षा आठको नतिजाको समेत अन्तिम तयारीमा लागेकाले त्यस लगत्तै भर्ना अभियान र पठनपाठन शुरु गरिने छ । विद्यालयहरुले भर्ना फारम आफ्नो विद्यालयको वेभसाइटमा राख्ने छन् ।

सोही साईटमार्फत विद्यार्थीले फारम भरेर विद्यालयलाई बुझाउने छन् । सो फारमको आधारमा विद्यालयले विद्यार्थीसँंग भर्चुअल रुपमा अन्तरवार्ता लिई भर्नामा सहभागी गराउने छन् । विद्यार्थी भर्ना प्र्रक्रियासँगै पठन पाठन पनि भर्चुअल माध्यमबाटै गर्ने छन् । अनलाइनको सुविधा नपुगेका विद्यालयहरुले भने भर्नाका लागि सामाजिक दूरी कायम गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सामाजिक दूरी कायम गरी भर्ना गर्ने छन् ।

पठनपाठनका लागि वैकल्पिक माध्यम अबललम्बन गर्नुपर्ने छ ।” जिल्लामा ३ सय २३ सामुदायीक र २ सय १६ संस्थागत गरी ५ सय ३९ विद्यालय रहेका छन् । ती विद्यालयमा १ लाख ५४ हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.