भर्खरै : Sorry, your browser does not support inline SVG.
काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना | पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने |

अनुदान रकम वितरण गर्दा कृषक खुशी

अनुदान रकम वितरण गर्दा कृषक खुशी

अर्घाखाँची । नगरपालिकाले अनुदान रकम वितरण गरेपछि अर्घाखाँचीका कृषक खुशी भएका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिकाले कृषकहरुको उत्पादन वृद्धिमा सहयोग पु¥याएपछि कृषकलाई अनुदान रकम वितरण गरेको हो । नगरपालिकाले खसी पाठा जिउँदो तौलका आधारमा सहकारीमार्फत बिक्री गर्ने किसानलाई प्रतिकिलो ५० रुपैयाँका दरले अनुदान वितरण गरेको जनाइएको छ ।

आर्थिक वर्ष ०७७(०७८ को बजेट मध्ये हालसम्म नगरपालिकाले ७५ लाख अनुदान वितरण गरेको छ । लोकल कुखुरा, बंगुरको पाठा र महमा प्रतिकिलो ५० रुपैयाँ दूधमा प्रतिलिटर ५ रुपैयाँ र लोकल अण्डा प्रतिगोटा २ रुपैयाँकादरले नगरपालिकाले अनुदान वितरण गर्दै आएको छ । नगरपालिकाले ४६ जना उत्कृष्ट उधमिहरुलाई ४ लाख ७० हजार ४ सय ७१ रुपैयाँ हालै वितरण गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.