भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

अन्तरजातीय विवाहः बेपत्ता पारिएका युवक भेटिए

अन्तरजातीय विवाहः बेपत्ता पारिएका युवक भेटिए

सिमकोट, । अन्तरजातीय विवाह गरेका कारण बेपत्ता पारिएका युवक आज प्रहरीको सम्पर्कमा आएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेकाले ती युवतीका माइती पक्षद्वारा निर्घात रुपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारिएको थियो । घटनाका सम्बन्धमा सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय हुम्लाले आफ्ना माताहतका प्रहरी चौकीलाई खोजीकार्य तीव्र पार्न निर्देशन दिएको थियो । खोजी कार्यलाई तीव्र पारेपछि खार्पुनाथ प्रहरी चौकीले आज बिहान बेपत्ता पारिएका ती युवकलाई भेटाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निरीक्षक दानसिंह भण्डारीले बताए ।

बाटोमा हिड्दै गरेको क्रममा खार्पु प्रहरी चौकीका सुरक्षाकर्मीले भेटाएको निरीक्षक भण्डारीले बताए । बेपत्ता पारिएका युवक अहिले प्रहरीको सम्पर्कमा रहेका छन् । सर्केगाड गाउँपालिका–१ को जैर गाउँका १९ वर्षीय चन्द्रे कामीले मुगु जिल्ला सोरु गाउँपालिका–४ को लिप्रु गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग अन्तरजातीय विवाह गरेकै कारण युवती पक्षका माइतीले युवकपक्षीय कामीलाई निर्घात कुटपिट गर्नुका साथै कामीलाई बेपत्ता पारेका थिए ।

युवायुवतीको मन मिलेर गत मङ्सिर ५ गते मल्लको घरबाटै भागी विवाह गरेका हुन् । माइती पक्षले तल्लो जातकोसँग विवाह गरेको झोकमा युवती पक्षका करिब २० जनासम्मको समूहले गत मङ्सिर २९ गते रातिको समयमा जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाइ चन्द्रेको घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घरपरिवारलाई निर्घात रुपमा कुटपिट गरेका थिए ।

घटनाका विषयमा प्रहरीलाई जानकारी आएलगत्तै जिल्ला प्रहरी कार्यालय हुम्लाबाट प्रहरी नायब उपरीक्षक हेरम्ब शर्मा आफै घटनास्थलमा पुगेर कामीको खोजी कार्यमा संलग्न रहनुभएको थियो । बेपता पारिएका युवक प्रहरीको सम्पर्कमा आएपछि युवक कामी र युवती मल्लपक्षसँग बुझेर आवश्यक अनुसुन्धान गरी कानुनी कारबाहीको दायरामा ल्याउने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीले माइतीपक्षका बुबा र युवतीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.