अफगानिस्तानलाई भारतको पाँचौँ चरणको सहयोग

अफगानिस्तानलाई भारतको पाँचौँ चरणको सहयोग

एजेन्सी । अफगानिस्तानलाई भारतले पाँचौँ चरणको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । भारतले पठाएको सहयोग सामग्रीमा कपडा पनि समावेश गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ । भारतले थप साढे दुई टन स्वास्थ्य सामग्री अफगानिस्तानलाई उपलब्ध गराएको भारतीय विदेश मन्त्रालयले जनाएको हो ।

भारतले अफगानिस्तानमा खाद्यान्न सहायता पठाउन थालेको छ । अहिले अफगानिस्तानमा स्वास्थ्य सङ्कट बढ्नुको साथै खाद्य अभाव चुलीदै गएको छ । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि तालिबान सरकारले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन तर मानवीय सङ्कट बढ्दै गएपछि सहायता पठाउने क्रम चलिरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.