अब मास्कबाट पनि फोन गर्न मिल्ने, यस्तो छ अत्याधुनिक मास्क !

अब मास्कबाट पनि फोन गर्न मिल्ने, यस्तो छ अत्याधुनिक मास्क ! image

१४ असार २०७७ काठमाडौं । विश्वमा कोरोना भाइरसले त्राहिमाम बनाईरहेका बेला कोरोनाबाट बच्न र फोन गर्न सकिने मास्क बजारमा आएको । जापानी कम्पनीले उक्त अत्याधुनिक मास्क निर्माण गरेर बजारमा ल्याएको घोषणा गरेको छ ।

बजारमा आएको उक्त मास्कमा ब्लुटुथ जडान गरिएको निर्माण कम्पनीले जनाएको हो । डोनट रोबोटिक्सले तयार गरेको अत्याधुनिक मास्कको नाम सी मास्क रहेको छ । सेतो प्लास्टिकबाट तयार पारिएको सो मास्क मोबाइलमा एप डाउनलोड गरेर चलाउन मिल्ने बनाइएको छ ।

ब्लुटुथका माध्यमबाट मास्कलाई स्मार्टफोन र ट्याब्लेटसँग जोड्न हेर्न मिल्ने कम्पनीले जनाएको छ । स्मार्ट फेस मास्कमा म्यासेज गर्न, फोन गर्न र जापानी भाषाबाट अन्य भाषामा अनुवाद गर्न सकिन्छ । बोलेका कुराहरु मास्कले मान्छेको आवाजलाई पनि ठूलो बनाइदिने कम्पनीले जनाएको छ ।

कम्पनीले मास्कको मूल्य ४० डलर राखेको छ । विज्ञप्ति जारी गर्दै कम्पनीले प्रविधिको प्रयोग गरेर मास्क तयार पारेको भन्दैचीन, युरोप, अमेरिका तथा विश्वका अन्य मुलुकमा ति मास्क विक्री गरिने जनाइएको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

Prem Durbar Hotel and Nagarkot Zipline ResorthotelghyampedandaHotel City Gaon