भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

अभद्र व्यवहार गरेको आरोपमा तामाङ पक्राउ

अभद्र व्यवहार गरेको आरोपमा तामाङ पक्राउ

भादगाउँ । बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ । तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा बालिकालाई दुव्र्यवहार गरेको प्रहरीको आरोप छ ।

तामाङले १४ वर्षीया बालिकादेखि ६० वर्षीया महिलासमेतलाई दुव्र्यवहार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । “गत पुसदेखि यस्ता उजुरी आएपछि धेरै प्रयास गरेका थियौँ, अहिले आएर पक्राउ गर्न सफल भयौँ”, उहाँले भन्नुभयो ।

अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडिरहेकी महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरुमा समाउने र छातीलगायतका अङ्गहरुमा हिर्काएर भाग्ने गरेको खुल्न आएको प्रनाउ थापाले बताए। तामाङलाई पक्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पीडित महिला बुधवार प्रहरीको सम्पर्कमा आएको र त्यसमध्ये छ जनाले किटानी जाहेरीसमेत दिएका छन ।

तामाङलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरेर प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । प्रहरीले तामाङलाई सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा समेत मुद्दा चलाउने भएको छ । तामाङलाई पाँच वटा अभद्र व्यवहार र एउटा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ । भक्तपुरमा एकै पटक एक व्यक्तिलाई छ वटा मुद्दामा कारवाही चलाइएको सम्भवतः यो पहिलो घटना हुनसक्ने प्रहरीको दावी छ ।

 


Thali Mobile Pvt.Ltd.