भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

नेपाली कलेजलाई विश्वस्तरको अवार्ड

नेपाली कलेजलाई विश्वस्तरको अवार्ड

काठमाडौँ । नेपालको जेभियर इन्टरनेशनल कलेजले नमूनायोग्य शैक्षिक उपलब्धि हासिलका लागि विश्वस्तरको ‘वल्र्ड लिडर समिट अवार्ड–२०२१’ प्राप्त गरेको छ । विश्वका कलेजका शैक्षिक योगदानका इतिहास, पृष्ठभूमि र शैक्षिक नतिजाका आधारमा मूल्याङ्कन गरी‘आउटस्ट्याण्डिङ कलेज अफ द इयर’ का रुपमा पुरस्कृत भएको हो ।

हाल करीब पाँच हजार विद्यार्थी रहेको काठमाडौँको कालोपुलस्थितको सो कलेजले उत्कृष्ट पूर्वाधारसहित युग सुहाउँदो तथा विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्दै आएको छ । कलेजका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले दुबइस्थित ‘इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस–सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट, कल्चर एन्ड एजुकेसन नामक संस्थाले सो छनोट गरेको जानकारी आएकाले आफूहरु प्रोत्साहित भएको बताए ।

कोभिड–१९ को महामारीका कारण सो पुरस्कार भौतिक उपस्थितिमा नभई प्रमाणपत्र उपलब्ध भएको जनाइएको छ । तत्कालीन उच्चमाध्यमिक विद्यालय शिक्षा परिषद् हाल राष्ट्रिय परीक्षा बोर्डबाट मान्यताप्राप्त भई सन् २००१ मा स्थापित सो कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानून र मानविकीमा कक्षा सञ्चालन गर्दै आएको छ । प्रगतिशील शिक्षण र सिकाइ अवधारणाको कार्यान्वयन गर्दै आएको सो कलेजले बोर्डको परीक्षामा गत सात वर्षदेखि ९० प्रतिशत सफल नजिता हासिल गर्दै आएको छ । यस कलेजमा विदेशी विद्यार्थी पनि अध्ययनरत छन् ।

 


Thali Mobile Pvt.Ltd.