भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग | घुससहित भूमि प्रशासन कार्यालय लगनखेलका तीन नासुसहित पाँच जना पक्राउ, ३ लाख रुपैयाँ बरामद | पाकिस्तानको ब्रड पिकमा बेपत्ता नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सरकारसँग संघको आग्रह | ग्यास अभाव नरहेको आयल निगमको स्पष्टोक्ति, आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन | कांग्रेस इतर समूहद्वारा ५५१ सदस्यीय राष्ट्रिय भेला मूल आयोजक समिति गठन | सुनसरी, धनुषा र सिरहामा कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै : जनजीवन बिस्तारै सामान्य बन्दै | विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना सङ्क्रमित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना सङ्क्रमित

अमेरिका । राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । उनी सङ्क्रमित विश्व नेताहरुको सूचीमा परेका छन् । यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसबाट सङ्क्रमित हुने विश्व नेताहरुमध्ये पहिलो हुन् । गत अप्रिलमा सङ्क्रमित भएपछि आइसियुमै राख्नुपरेको थियो । त्यसपछि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो गत जुलाईमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो ।

उनले सङ्क्रमित भएको बेला मलेरिया विरुद्धको औषधि प्रयोगका थिए । त्यसपछि होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेज गत जुन महिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । राष्ट्रपति हर्नान्डेजसँगै उनकी श्रीमती र दुई जना सहयोगीमा पनि संक्रमण देखिएको थियो । तर उहाँमा लक्षण भने सामन्य मात्रै देखिएको थियो । त्यसपछि गुटेमालाका राष्ट्रपति एलेजन्ड्रो गियामाते सङ्क्रमित भएका थिए ।

उनलाई गत सेप्टेम्बरमा सङ्क्रमण पुष्टि भएको थियो । आफूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि टेलिभिजन सम्बोधनमार्फत उनले आफूलाई कुनै लक्षणहरु भने नदेखिएको उल्लेख गरेका थिए । त्यसपछि बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । गत जुलाईमा सङ्क्रमण भएको हो । सङ्क्रमित भएपछि आइसोलेशनमा बसेका थिए ।

त्यसपछि डोमिनिकाका राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । त्यसपछि इरानका उपराष्ट्रपति र मन्त्रीहरु कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चाल्र्सलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसैगरी धेरै देशका सरकार तथा राष्ट्र प्रमुखका श्रीमती तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरु पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । विश्वव्यापी रुप्मा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभरी दश लाख २८ हजार १९६ जनाको मृत्यु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.