भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

अवरुद्ध कर्णाली करिडोर खुल्यो

अवरुद्ध कर्णाली करिडोर खुल्यो

मान्म, । शनिबारदेखि अवरुद्ध रहेको कर्णाली करिडोर खुलेको छ । कर्णाली करिडोरको कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–१ को लालीघाटमा शनिबार पहिरो जाँदा अवरुद्ध भएको थियो । कर्णाली करिडोरको कालीकोट खण्डमा पर्ने लालीघाट भिरमा पहिरो खस्दा शनिरबारदेखि अवरुद्ध राजमार्ग सोमबारदेखि खुलेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । “पहिराका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमितरूपमा सुचारु भएको छ”, उहाँले भन्नुभयो, “वर्षायाम लागेसँगै कर्णाली राजमार्ग र करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ ।”

कर्णाली करिडोरमा पानी पर्नासाथ ठाउँठाउँमा पहिरो जाने भएकाले सडक अवरुद्ध हुने पलाँता गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताउनुभयो । “भिरालो ठाउँबाट खडक खनिएका कारणले सधैँ पहिरो जाने गर्छ”, उहाँले भन्नुभयो, “पहिराका कारणले सधैँ सास्ती हुने गरेको छ ।” 0कर्णाली करिडोर स्तरोन्नति नहुँदा हिउँद र वर्षायाममा पहिरो जाँदा हुने समस्याका कारण सडक डिभिजन कार्यालय जुम्ला र हुम्लालाई सडक स्तरोन्नतिका लागि आवश्यक पहल गरिदिन कालीकोट सान्नी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंहले आग्रह गर्नुभयो ।

 


Thali Mobile Pvt.Ltd.