भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

आठबीस नगर सेवा सामाज दक्षिण कोरिया गठन

आठबीस नगर सेवा सामाज दक्षिण कोरिया गठन image

२६ जेठ २०७७, दक्षिण काेरिया  । आठबीस नगरपालिका दैलेख स्थायी घर भई हाल दक्षिण कोरियामा कार्यरत युवाहरूले “आठबीस नगर सेवा सामाज दक्षिण कोरिया” गठन गरेका छन् ।

नगरमा भैपरि आउने अप्ठ्यारालाइ सहज बनाउन र एक आपसमा समधुर सम्बन्ध बनाउन तथा आफ्नो गाऊँ ठाऊँमा सामाजिक कार्य गर्ने उदेश्य राखेर उनीहरूले समिति गठन गरेका हुन । समितिका संस्थापक पदाधिकारिहरुमा १३ जना रहेका छन् ।

संस्थापक पदाधिकारिहरुमा संयोजक भिम आचार्य, सह-संयोजकमा खगेन्द्र राज खनाल, सचिवमा पुस्कर सिजापति, सह-सचिवमा छविलाल न्यौपाने, कोषाध्यक्षमा युबराज शर्मा, प्राविधिक प्रमुखमा जिबराज तिमिल्सेना, सदस्यहरुमा रबिन्द्र जंग सिजापती, जनक थापा, रमेश आचार्य, लक्ष्मण तिमिलसेना, गणेश ब. शाही, मिलन कु. सिजापति, युनेश खत्री रहेका छन् ।

त्यस्तै समितिकाे वरिष्ठ सल्लाहकारमा नमराज आचार्य, प्रेस सल्लाहकारमा विनोद कुमार वि. क. (नेपाल स्थित), सल्लाहकारमा आत्मा पुरुष आचार्य, भक्ति प्र. आचार्य, उमेश न्यौपाने, जीबन कठायत रहेका छन् । काेराेना कहरका बीच उनीहरूले सम्पूर्ण नेपालीलाइ सजग रहन आग्रह समेत गरेका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.