भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

आत्मकथा तथा स्मरण लेखन प्रतियोगिता

आत्मकथा तथा स्मरण लेखन प्रतियोगिता

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा अभिनव साहित्य समाजले प्रतियोगितात्मक महिला साहित्यिक जागरण अभिवृद्धि कार्यक्रमअन्तर्गत आत्मकथा तथा स्मरण लेखन सम्पन्न गराएको छ ।

कार्यक्रमअन्तर्गत महिलालाई आत्मकथा तथा स्मरण लेखन प्रतियोगिता गरिएको समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले राससलाई जानकारी दिनुभयो । प्रतियोगितामा नगरपालिकाका ४० जना महिलाले भाग लिएका थिए ।

प्रतियोगितामा रञ्जना पोखरेल पहिलो, गीता बराल दोस्रो, सिर्जना पौडेल तेस्रो, ईश्वरी खकुरेल त्रिपाठी र सर्वानन्दा सरस्वतीले सान्त्वना पुरस्कार पाउनुभएको थियो । पहिलो हुनेलाई रु सात हजार, दोस्रो हुनेलाई रु पाँच हजार, तेस्रो हुनेलाई रु चार हजार र सान्त्वना हुनेलाई रु दुई–दुई हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुहुँदै गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले महिलालाई साहित्यिक क्षेत्रमा अघि बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो । प्रत्येक महिनाको अन्तिम शनिबार समाजले जोरपाटी क्षेत्रमा साहित्यिक कार्यक्रम गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.