भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

आधुनिक दासताको सिकार

आधुनिक दासताको सिकार

काठमाण्डौ । विहिबार अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शोषण अन्त्यका लागि सन्देश दिन भन्दै हरेक वर्ष डिसेम्बर २ तारिखमा यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९४९ देखि यो दिवस मनाउन थालिएको हो ।

नेपालमा १९८३ सालमा चन्द्र शम्शेर राणाले दास प्रथा उन्मूलनको घोषणा गर्नु भएको थियो । नेपालमा दास तथा दासता प्रथाहरुको अन्त्य भएको छ । तर अहिले दासताको परिवर्तित स्वरुपले विश्वमा मात्रै नभइ नेपालका लागि पनि चुनौतीपूर्ण विषय बनेको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन ९आईएलओ० को पछिल्लो तथ्याङ्क अनुसार ४ करोडभन्दा धेरै मानिसहरु विश्वभर आधुनिक दासताको सिकार बनेका छन् । नेपालमा आन्तरिक तथा बाह्य बेचविखन जस्ता आधुनिक दासत्व पनि बढ्दै गएको छ । मानव तस्कर, अङ्ग तस्कर जस्ता घटना बढिरहेका प्रहरीको तथ्याङ्क छ।

 


Thali Mobile Pvt.Ltd.