भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेटोमा सामेल गराउन सबै खाले सहयोग गर्ने राष्ट्रपति जो बाइडेनको आश्वासन

नेटोमा सामेल गराउन सबै खाले सहयोग गर्ने राष्ट्रपति जो बाइडेनको आश्वासन

काठमाडौं । स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल गराउनका लागि आवश्यक सबै खाले सहयोग गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले आश्वासन दिएका छन् । स्वीडेन र फिनल्याण्डको निर्णय युरोप र खासगरी उत्तर युरोपको सुरक्षाका लागि ऐतिहासिक हुनेपनि बाइडेनले विहिबार बताएका हुन ।

रुसले युक्रेनमा हमला गरेपछि रुसको छिमेकी फिनल्याण्ड र स्वीडेनले नेटो सदस्यता लिने निर्णय गरेका हुन्। रुसले भने ती दुई देशलाई कडा चेतावनी दिंदै आएको छ । रुसको चेतावनीतर्फ संकेत गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले नेटो कसैका विरुद्ध खडा नभएको दावी गरे ।

स्वीडिस प्रधानमन्त्री म्यागडालिना एन्डर्सन र फिनिस प्रधानमन्त्री साउली निनिस्तोसँग बिहीबार राती ह्वाइटहाउसमा राष्ट्रपति बाइडेनले वार्ता गरेका हुन ।

 


Thali Mobile Pvt.Ltd.