भर्खरै : Sorry, your browser does not support inline SVG.

इजरायलले जेनिन शरणार्थी शिविरमा पनि आक्रमण गर्‍यो

इजरायलले जेनिन शरणार्थी शिविरमा पनि आक्रमण गर्‍यो

एजेन्सी । वेस्टबैंकस्थित एक मस्जिदमा इजरायलले हवाई आक्रमण गरेको छ। इजरायली सेनाले वेस्ट बैंकको जेनिन सहरस्थित अल–अन्सार मस्जिदमा हवाई आक्रमण गरेको हो। वेस्ट बैंकमा इजरायली र प्यालेस्टाइनी दुवैको बसोबास छ। यसैबीच इजरायली सेनाले गाजापट्टीमा थप शक्तिशाली आक्रमणको चेतावनी दिएको छ।

उत्तरी गाजा खाली गर्न अल्टिमेटम दिएर स्थलगत तथा हवाई आक्रमण बढाएको इजरायलले अर्को अल्टिमेटम जारी गर्दै त्यस क्षेत्रमा थप ठूलो आक्रमणको चेतावनी जारी गरेको हो। इजरायलले जेनिन शरणार्थी शिविरमा पनि आक्रमण गरेको छ। यी दुवै ठाउँमा भएको मानवीय हताहतिबारे एकिन जानकारी सार्वजनिक गरिएको छैन। गाजापट्टीमा आक्रमण सुरु भएसँगै वेस्ट बैंकमा प्यालेस्टाइनीहरुले प्रदर्शन गर्दै आएका छन्।

जारी युद्धमा ४ हजार ३ सय ८५ प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। जसमा १७ सयभन्दा बढी बालबालिका छन्। इजरायलमा १४ सय बढीको मृत्यु भएको छ। झण्डै ११ लाख मानिसको बसोबास रहेको उत्तरी गाजाबाट हालसम्म ७ लाख बाहिरिइसकेको बताइएको छ। इजरायलले त्यस क्षेत्रमा इस्लामिक विद्रोही समूह हमासले बनाएका सुरुङ मार्गहरु नष्ट गर्ने उद्देश्ले शक्तिशाली आक्रमण गर्न गेको हो।

 


Thali Mobile Pvt.Ltd.