भर्खरै : Sorry, your browser does not support inline SVG.
ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा | भोटेकोशी बाढीको कृषि क्षेत्रमा ठूलो असर, पशुधनमै १ अर्ब ११ करोडभन्दा बढी क्षति | बाढी प्रभावित क्षेत्रमा असोजभित्रै सडक सञ्चालन गर्ने सरकारको तयारी, आठ कार्यदल परिचालन | भोटेकोशी बाढीपछि स्थानीय तहका जनप्रतिनिधिले भने– सङ्घीय सरकारको साथ प्रभावकारी रह्यो | सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती |

इरानकाे धम्कीपूर्ण इमेल

इरानकाे धम्कीपूर्ण इमेल

काठमाडौं । डेमोक्रेटिक मतदाताहरुलाई इरानले धम्कीपूर्ण इमेल पठाएको आरोप अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीका अधिकारीहरुले लगाएका छन्।

नेशनल इन्टेलिजेन्सका निर्देशक जोन र्‍याटक्लिफले ती इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट आएको र मानिसहरूलाई उत्तेजित पारेर अस्थिरता फैलाउने उद्देश्य राखेको देखिने बताएका छन्।

अमेरिकामा राष्ट्रपतीय चुनाव हुन दुई साताभन्दा कम समय बाँकी छँदा नेशनल इन्टेलिजेन्सका निर्देशकले यस चुनावमा इरानसहित रुसले समेत हस्तक्षेपको प्रयास गरेको बताएका हुन्। र्‍याटक्लिफले दुवै देशले गैरकानुनी रूपमा केही मतदाताका विवरण पाएको आरोप लगाए। उनले इरानले अमेरिकीहरूलाई फर्जी इमेलहरू पठाउँदै अन्योल एवम् असहज पार्नुका साथै अमेरिकी प्रजातन्त्रप्रतिको आत्मविश्वास कमजोर पार्न खोजेको आरोप लगाए।

चुनावी दिन नजिकिएको बेला वासिंटनमा अकस्मात् गरिएको त्यस्तो ब्रिफिङमा संघीय अनुसन्धान ब्युरो एफबीआईका निर्देशक क्रिस्टोफर वारे समेत सहभागी थिए। उनले त्यहाँ अमेरिकी चुनाव सुरक्षित र त्यस्ता कुरा सहन गर्न सक्ने रहेको बताए । रुसले सन् २०१६ को राष्ट्रपतिय निर्वाचनमा हस्तक्षेप गरेको भन्दै व्यापक रूपमा आलोचित हुने गरेको छ।

 

 


Thali Mobile Pvt.Ltd.