भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उपत्यकामा लगाइएका सबै प्रतिबन्ध हटे

उपत्यकामा लगाइएका सबै प्रतिबन्ध हटे

काठमाडौं । काठमाडौं उपत्यकामा लागेका सबै खाले प्रतिबन्ध हटेका छन् । कोभिड–१९ संक्रमण रोकथामका लागि उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएका हुन । कोरोना संक्रमण घट्दै गएपछि फालगुन २१ गते शनिबारदेखि लागू हुनेगरी कानुन बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्नरगराउन आदेश जारी गरिएको काठमाडौं उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौं जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।

तीनै जिल्लाका प्रशासन कार्यालयले संक्रमणको कठिन समयमा आदेशको पालना गरी संक्रमण रोकथाममा सहयोग गरेकामा सबैलाई धन्यवाद समेत दिएका छन् । तीनै जिल्ला प्रशान कार्यालयले विभिन्न गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह समेत गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.