काठमाडौँ । थ्री नेसन्स कपको उपाधि भिडन्त आज हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे हुने फाइनल खेलमा नेपाल र बंगलादेशबीच भिडन्त हुदैछ ।
दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिने भएका छन् । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताए ।
प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहदै फाइनल पुगेको हो । बंगलादेश भने शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
