भर्खरै : Sorry, your browser does not support inline SVG.
गाजाको ९९ प्रतिशतभन्दा बढी भूभाग प्रदूषित, २३ लाख प्यालेस्टिनीको स्वास्थ्य जोखिममा | सुनकोशी-मरिणको १६ अर्बको ठेक्का रद्दमा बालेन टिममाथि प्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन | मलेसिया जाने कामदारबाट अर्बौँ ठगीको आरोप : दुई पूर्वमन्त्रीसहित १० जनालाई थप दुई दिन हिरासतमा राख्न अनुमति | बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा |

नेपाल भारत सिमानाकामा कडाइ

नेपाल भारत सिमानाकामा कडाइ

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण पुनः तीव्र रुपमा फैलन थालेपछि नेपालका पूर्वी नाका काँकडभिट्टामा सुरक्षा सर्तकता बढाइने भएको छ।

बढ्दै गएको कोरोना संक्रमणको असर नेपालमा समेत पर्न सक्ने भन्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले भारतसँग सीमा जोडिएका नाकामा सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो।

झापाका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले सीमा नाकामा यात्रुहरूको आवतजावतलाई व्यवस्थित बनाउन उपयुक्त स्थानको खोजी गरी ‘होल्डिङ सेन्टर’ बनाउने निर्णय गरेको हो ।

भारतका विभिन्न स्थानबाट काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गर्ने यात्रुहरूको अनिवार्य स्वास्थ्य परीक्षण गराउनु पर्ने र त्यसको आवश्यक व्यवस्था मेचीनगर नगरपालिकाले गर्ने निर्णय भएको छ।

नाका भएर नेपाल प्रवेश गर्ने व्यक्तिको अनिवार्य अभिलेख राख्ने र त्यसको व्यवस्थापन इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बिओपीलाई जिम्मा दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए ।

 


Thali Mobile Pvt.Ltd.